भारतमा कोरोना संक्रमितको कुल संख्या ३८ लाख नाघ्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ८२ हजार ८ सय भन्दाबढी संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९ सय ६८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३ सय ९६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजारबढीको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणका कारण भारतमा ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय