काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ ।
भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढेर नयाँ रेकर्ड राख्दै आएको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो रहेको छ।
संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४६ हजार ९२ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ६ सय ३५ पुगेको छ