नेपालमा थप १ हजार ४१ मा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४५,२७७ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा थप १२,४७३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,५६१ जना रहेका छन् । आइसोलेसनमा १७,८७० जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार थप १,५६६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २७,१२७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय