
काठमाडौं । पाल्पामा जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
मृत्युु हुनेमा जिल्लाको रम्भा गाउँपालिका–५ मुडुलीचौपारीका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताए ।



आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जिप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्कर दिँदा राना गम्भीर घाइते भएका थिए ।
घाइते रानाको प्रथामिक स्वास्थ्य केन्द्र तनहुँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए ।