तपाईंको आजको राशिफल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ )
मेष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । घरमा मांगलिक कार्यको आयोजना हुने योग रहेको छ । अधुरा रहेका कार्यहरु सवै पुर्ण हुनेछन् । नयाँ कार्यको अवसर आउने योग रहेको छ । आज सुरु गरेको कार्य सफलतापुर्वक पुर्ण हुेनेछ । समाजमा मान सम्मान बड्नेछ । हजुरबुवा वा हजुरआमावाट सहयोगको योग रहेको छ ।

वृष राशी (इ ,उ ,ए ,ओ , बा ,बि ,बु ,बे , बो )
वृष राशिहुनेहरुको लागि आजको दिन खर्च बडेर जानेछ । विदेशवाट आउने अवसरवाट लाभ हुनेछ । खर्च धेरै बड्नाले ऋण लिनुपर्ने योग रहेको छ । आर्थिक पक्ष कमजोर रहनेछ । चिसो पदार्थवाट टाढा रहनुहोला नत्र दाँतमा समस्या हुनसक्छ । पठनपाठनमा मन जानेछ । शेयर वजारमा लगानी फलदायी नरहेको भने खर्चमा ध्यान दिनुहोला ।

मिथुन राशी (का ,कि ,कु ,घ ,ङ , छ ,के ,को ,ह )
मिथून राशिहुनेहरुको लागि यो दिन अकस्मात धनलाभ हुने योग रहेको छ । इष्टमित्रको भेटधाटले मन हर्षित रहन्छ । कार्यक्षेत्रमा प्रमोशनको योग रहेको छ । कार्यक्षेत्रमा सहकर्मीको सहयोग रहनेछ । शेयर वजारमा लगानी फलदायी रहनेछ । समाजमा मान सम्मान बड्ने छ ।

कर्कट राशी ( हि ,हु ,हे ,हो ,डा डि, डु ,डे ,डो )
कर्कट राशिहुनेहरुको लागि आजको दिन पितावाट पाएको सल्लाहले जिवनमा मार्गदर्शन हुनेछ । कार्यक्षेत्रमा नयाँ तरिकावाट कार्य गर्नुहुनेछ । तपाईको योजनामा सुरुमा तपाईको सहकर्मीको साथ नभए पनि पछि तपाईको लक्ष्यमा सहभागि हुनेछन् । तपाईलाई हाकिमको सहयोग पुर्ण रहनेछ । पिताको स्वास्थमा समस्या हुनसक्छ ।

सिंह राशी ( मा, मि, मु, मे, मो,टा,टी,टू,टे)
सिंह राशिहुनेहरुको लागि आजको दिन भाग्य तपाइको हातमा रहेको छ । तपाईको वोलीको प्रभाव सवैलाई मोहित वनाउने छ । धार्मिक कार्यमा मन जानेछ । जिवनसाथिको सहयोगले मन हर्षित रहन्छ । कार्यक्षेत्रमा सहकर्मीको सहयोगले महत्वपुर्ण निर्णयहरु लागु हुनेछ । समाजमा मान सम्मान बड्नेछ । समाजसेवाको कार्यमा मन जानेछ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशिहुनेहरुको लागी आजको दिन स्वास्थमा समस्या हुनसक्छ । पेटमा समस्या हुनसक्छ । शत्रु बड्नाले तनाव हुनेछ । आर्थिक पक्ष कमजोर हुनाले ऋण लिनुपर्ने देखिन्छ । काम गर्दा धेरे विचार गर्नुहोला । मामा माइजुको सहयोगले कार्यमा सफलता मिल्नेछ । पठनपाठनमा मन जानेछ ।

तुला राशी (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तूला राशिहुनेहरुको लागि आज पाटर्नरसिप कार्यवाट सफलता मिल्नेछ । जिवनसाथिसगँको पाटर्नरसिपले सवै कार्यहरु सफलतापुर्ण पुर्ण हुनेछन् । अविवाहितकोलागि विवाहको प्रस्ताव आउने राम्रो समय रहेको छ । पठनपाठनमा मन जानेछ । दापत्य जीवनमा सुमधुर सम्बन्ध रहन्छ ।

वृश्चिक राशी (तो,ना,नि,नू,ने,नो,या,यी,यू)
वृश्चिक राशिहुनेहरुको लागि आजको दिन स्वास्थमा ध्यान दिनुपर्नैछ । खराव लत वा खराव संगतवाट टाढा रहनुहोला । शत्रु बड्नाले हरेक कार्य गर्दा सोचेर गर्नुहोला । आँखा वन्द गरेर कसैको पनि विश्वास नर्गनुहोला । लेनदेन गर्दा दस्तावेज हरेर मात्र गर्नुहोला । पठनपाठनमा मन जानेछ । दापत्य जीवनमा सुमधुर सम्बन्ध रहन्छ ।

धनु राशी (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धनू राशिहुनेहरुको लागि आजको दिन संतानको तर्फवाट चिन्ता रहन्छ । घरमा मागंलिक कार्यको आयोजना हुनेछ । धार्मिक शास्त्रको अध्ययन गर्ने रुची बड्नेछ । सिर्जनात्मक कार्यमा मन जानेछ । पठनपाठनमा मन जानेछ । दापत्य जीवनमा सुमधुर सम्बन्ध रहन्छ । घरमा अध्यात्मिक वातावरण वन्नेछ ।

मकर राशी (भो,ज,जी,खी,खू,खे,खो,गा,गि)
मकर राशिहुनेहरुको लागि परिवारिक सदस्यसंग मनमुटाव हुनसक्छ । आफनो वाणीमा संयम राख्नुहोला । आमा वा हजुरआमासित मतभेद हुनसक्छ । चिसो पेय पदार्थ टाढा रहनुहोला नत्र छातिमा समस्या हुनसक्छ । आँखा वन्द गरेर कसैको पनि विश्वास नर्गनुहोला । लेनदेनमा गर्दा दस्तावेज हरेर मात्र गर्नुहोला । सवारी साधन चलाउदाँ ध्यान दिनुहोला । पठनपाठनमा मन जानेछ । दापत्य जीवनमा सुमधुर सम्बन्ध रहन्छ ।

कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,द)
कुम्भ राशिहुनेहरुको लागि आजको दिन पराक्रम बड्रनेछ । सिर्जनात्मक कार्यमा मन जानेछ । समाजमा मान सम्मान बड्नेछ । दाहिेने काँनमा समस्या हुनसक्छ । मित्रवाट सहयोग मिल्नेछ । पठनपाठनमा मन जानेछ । दापत्य जीवनमा सुमधुर सम्बन्ध रहन्छ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,चि)
मीन राशिहुनेहरुको लागि वाणीले सवै सवैलाई मोहित बनाउनु हुनेछ । पठनपाठनमा मन जानेछ । दापत्य जीवनमा सुमधुर सम्बन्ध रहन्छ । इष्टमित्रसंगको भेटधाटले मन हर्षित रहन्छ । समाजमा मान सम्मान पाउने योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय