नेपालन्जका कोरोना संक्रमित एक पुरुषको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोना संक्रमणबाट मृत्यु भएको हो । घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।

यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए । उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय