अक्स्फोर्डको खोपको अन्तिम चरणको परीक्षण स्थगित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । अक्स्फोर्ड विश्वविद्यालय र अस्त्रा जिनिकाले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको क्लिनकल परीक्षण स्थगित गरिएको छ । क्लिनकल परीक्षणमा सहभागी एक बेलायती नागरिकमा खोप लगाएपछि गम्भीर प्रतिक्रिया देखिएको भन्दै क्लिनिकल परीक्षण हाललाई स्थगित गरिएको जनाइएको छ ।

खोप निर्माता अस्त्रा जिनिकाले परीक्षणका क्रममा कसैकसैमा अस्पष्ट रोग देखिएपछि परीक्षण रोकिनु नियमित प्रक्रिया रहेको जनाएको छ । अस्त्राजिनिका अक्सफोर्ड विश्वविद्यालय खोप विश्वव्यापी रूपमा विकसित भइरहेका दर्जनौं खोप मध्ये मुख्य दावेदारको रूपमा हेरिएको छ ।

पहिलो र दोस्रो चरणको क्लिनकल परीक्षण सफलतापूर्वक पूरा गरिसकेको अक्फोर्ड विश्वविद्यालयको खोप सबैभन्दा पहिले बजारमा आउने अपेक्षा गरिएको छ । यो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण केही हप्ता पहिले मात्रै शुरु भएको थियो ।

अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजारभन्दा बढी परीक्षणमा सहभागी भएका छन् । तेस्रो चरणको परीक्षण आगामी केही वर्षसम्म हुने र त्यसमा हजारौं मानिस सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय