विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख नाग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १८ हजार १४९ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख हजार ८९७ कोरोना संक्रमित थपिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ८३८ संक्रमितको ज्यान गएको छ ।

Advertisements
एकै दिन २ लाख ६९ हजार ८३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ९१ हजार ५२३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार १४९ जनाको मृत्यु भएको छ । ३९ लाख ८ हजार ६०८ जना संक्रमित भएकोमा २१ लाख ९८ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

Advertisements
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८३ हजार ८४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ८४ हजार ९६८ पुगेको छ । त्यसमध्ये ४६ लाख ९९ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ५७ हजार २१६ जनाको मृत्यु भएको छ । ८१ लाख ५०२ जना संक्रमित भएकोमा ६५ लाख ४० हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार २७३ जनाको मृत्यु भएको छ । ६८ लाख ६१ हजार ८५७ जना संक्रमित भएकोमा ५५ लाख ६४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ९६२ जनाको ज्यान गएको छ भने १३ लाख २८ हजार २६३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ६३ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१२ जनाको मृत्यु भएको छ । २९ हजार ६०९ जना संक्रमित भएकोमा २५ हजार ३१२ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय