अन्तर्राष्ट्रिय उडान थप गरिने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान थप गर्ने समझदारी भएको छ।

उपप्रधान, परराष्ट्र, पर्यटन र श्रममन्त्रीबीच भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री सहभागी उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन ।

थप उडानका लागि केही शर्त भने पालना गर्नुपर्ने छ। नियमित उडान भएका देशबाट नेपाल एयरलाइन्सले पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका यात्रुलाई मात्र ल्याउन अनुमति दिनेछ।

कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा प्राथमिकतामा राखेर उडान अनुमति दिइने छ। सँगै कल्याणकारी कोषबाट उद्धार गर्नुपर्ने अवस्थाका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडान गर्न सक्ने छ।

नियमित उडान भएका देशमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागको आधारमा उडानको संख्या थप गर्न सकिने गरी उडानको संख्या थप गर्ने सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय