काठमाडौं । बिहीबार प्रदेश १ मा ८६ जनामा काेराेना पुष्टि भएकाे छ ।
सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ ।
प्रदेश १ मा बिहीबार ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ ।