भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको शुक्रवार साँझ मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नं. ५ का ६१ बर्षका पुरुषको अस्पतालको आइईसीयूसहित भेन्टिलेरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका थिए ।

अस्पतालले भेन्टिलेटरमा राखेर बचाउने अथक प्रयास गर्दागर्दै पनि ज्यान गएको भन्दैं दुःख ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय