![](https://ilamkhabar.com/wp-content/uploads/2020/09/free-internet_for_student_techpana.jpg)
काठमाडौं । सरकारले विद्यार्थीका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गरको छ । भदौ १९ को मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आउँदो असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था गरेको हो ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयको भूमिका अन्तर्गत विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट दिने विषय उल्लेख छ । ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डेटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ निर्देशिकामा भनिएको छ ।
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
यस्तो डेटा तथा इन्टरनेट शैक्षिक प्रयोजनका लागि मात्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।यो निर्देशिका आउँदो असोज १ गतेबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय र सरोकारवालालाई पत्राचार गरिसकेको छ ।
निर्देशिका कार्यान्वयनका लागि जारी सूचनामा राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरू हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो उमेर अनुकुल सिक्ने वातावरण सिर्जना गर्नका लागि तीन वटै तहका सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
विद्यालय र विद्यार्थीहरूले इन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो ।
मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
श्रोत : टेकपान