कोरोना विरुद्धको रुसी भ्याक्सिन प्रयोगको अन्तिम तयारीमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि प्रयोगको अन्तिम तयारीमा छ । स्पुतनिक भी नाम दिइएको भ्याक्सिन रुसका विभिन्न क्षेत्रमा धमाधम पुर्याइन थालिएको छ ।

रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो लट रुसको विभिन्न प्रान्तमा लगिएको छ । अब भ्याक्सिन सर्वसाधारणलाई लगाइनेछ । जोखिममा रहेकालाई प्राथमिकतामा राखेर भ्याक्सिनको प्रयोग गरिने जनाइएको छ ।

११ अगष्टमा अनुमोदन गरिएको भ्याक्सिन सेम्टेम्बरमा प्रयोग गरिसक्ने भनिएको छ । यसका लागि विभिन्न प्रक्रिया बाँकी रहेकाले समय लागेको हो । रुसी भ्याक्सिन अनुमोदन भएको सँसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय