कोरोना संक्रमणका कारण विदेशमा समस्यामा परेका ६० हजार ९२६ जना नेपालीको उद्धार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र सिसिएमसीले जारी गरेको शुक्रबार सम्मको तथ्याङ्कअनुसार ५८ देशमध्ये सबैभन्दा बढी १६ हजार ९५० जना नेपाली युएइबाट फर्किएका छन् । दोस्रो फर्किने मुलुक मलेसियाबाट नौ हजार ४४१ जना नेपाली स्वदेश फर्किएका छन् । तेस्रोमा साउदीबाट नौ हजार २०६, कुवेतबाट छ हजार ८९७ जना नेपाली स्वदेश आएका छन् । यस्तै, कतारबाट सात हजार ३५० जना स्वदेश फर्किएका छन् । यो अवधिमा जापानबाट १४सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् भने अस्ट्रेलियाबाट बाह्र सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ ।

दक्षिण कोरियाबाट एक हजार १६५ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ८६५ जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट ८४५ जना फर्किएकोमा ओमानबाट ६६७ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म संयुक्त राज्य अमेरिकाबाट ५९१ जना नेपाली स्वदेश फर्किएको बताइएको छ । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६, बाट जना स्वदेश फर्किए । कोरोना भाइरसबाट सबैभन्दा पहिला उद्धार गरिएको छिमेकी मुलुक चीनबाट अहिलेसम्म २५० जनाको उद्वार गरिएको छ ।

फर्कनै पर्ने अवस्थामा परी सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । यस्तै सयभन्दा कम सङ्ख्यामा नेपाली स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

सरकारले विहीवार मात्रै पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एअरलाइन्सले थप उडान माग गरेमा अनुमती प्रदान गर्ने बताएको छ । कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने भएको छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गर्न सक्ने भएको छ । नियमित उडान नभएका मुलुकमा पिसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने पर्यटन मन्त्रालयले जनाएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय