काठमाडौं । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएकाे छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६५ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङका २७ जना, नवलपरासी सुस्तापुर्वाका १४ जना, तनहुँका ६ जना, स्याङ्जाका ५ जना, गाेरखाका ७ जना, कास्कीका ६ जना रहेका छन ।
यी संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९६८ पुगेको छ ।