
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको बताए ।



आइतबार थप १ हजार १ सय ७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय पुगेको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेका छन् भने आइसोलेसनमा १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । आइसियूमा १ सय ६९ जनाको उपचार भइरहेको छ ।