एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले प्रभावशाली जीत सहित नयाँ सिजनको सुरुवात गरेको छ ।
गएराति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो ।
पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्दै एक गोल आएको हो । खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको ब्राइटनका लागि ५४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको दुई मिनेटपछि नै रीस जेम्सले गोल गरी चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए ।
कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको पासमा गोल गर्दै चेल्सीलाई ३–१ को जीत दिलाएका हुन् ।
यो सँगै चेल्सीले नयाँ सिजनमा प्रभावशाली जीतसहित विजयी यात्रा सुरु गरेको छ । चेल्सीले यो सिजनमा टिमो वार्नर, काइ हाभर्टस, थिएगो सिल्भा, हाकिम जियाचलगायतका खेलाडी किनेको छ ।