एसिडजन्य अपराध विरुद्धको अध्यादेशको मस्यौदा बनाउन छलफल सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेशको मस्यौदा बनाउन छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणलाई कारबाही गर्न नयाँ कानुन ल्याउन निर्देशन दिएसंगै मन्त्रालयले कानूनको मस्यौदा निर्माण गर्न सरोकारवालासंगको छलफल सुरु गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न निर्देशन दिएका थिए ।

मंगलबार मन्त्रालयका कानून निर्माणका लागि सरोकारवालासंग छलफल गर्दै कानूनमन्त्री डा शिवमाया तुम्वाहाम्फेले अध्यादेशबाट छिटो भन्दा छिटो कानून बनाईने बताइन । उनले तीव्र गतिमा कानून निर्माणको काम भइरहेको भन्दै एसिडजन्य जघन्य अपराध विरुद्ध ऐनमा समेट्नुपर्ने बिषयमा छलफल गरिएको जानकारी दिइन । पिडित पक्षलाई न्याय हुने गरि ऐन निर्माण गर्र्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा सरकोरवालाहरुले कडा भन्दा कडा कारवाही हुने कानून तर्जुमा गर्नुपर्ने बताएका थिए । छलफलमा महिला अधिकारकर्मी डा रेणु अधिकारीले पिडितलाई पिडकबाट क्षतिपूर्ति भराउने बिषयलाई कानूनमा नै उल्लेख गर्नुपर्ने बताइन ।

त्यस्तै महिला, कानून र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले अन्य देशमा एसिड आक्रमणकारीलाई मृत्युदण्डको सजाय भएपनि नेपालमा भने जन्मकैदको सजाय नै बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै छलफलमा सहभागी अन्य अधिकारकर्मीहरुले एसिडजन्य जघन्य अपराध विरुद्धको कानूनलाई बलियो बनाउन सके यस्ता घटनामा कमि आउने बताएका थिए । शारीरिक, मानसिक र सामाजिक लगायत बहुपक्षीय प्रभाव पार्ने घटनाका अपराधीको सम्पति रोक्का गरी पीडितलाई क्षतिपूर्ति समेत भराउने कानूनी प्रबन्ध गरिने तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय