भारतले नेपाललाई दियो भाइल रेमडेसिभिर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाल सरकारलाई २ हजार औषधि प्रदान गरेको छ ।

आज भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार थान भाइल रेमडेसिभिर औषधि उपहारस्वरुप प्रदान गर्नुभएको हो ।

उक्त औषधिले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई थोरै भए पनि राहत पुग्ने भारतीय दूतावासले विश्वास व्यक्त गरेको छ ।

यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर( र साउन २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ ।

निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय