नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ३ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७ हजार २ सय ५० जना रहेका छन् । आइसोलेसनमा १५,७७९ सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप १,०६२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४०,६३८ पुगेको छ । आइसियूमा १७४ । भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय