
इलाम । प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच हजार नजिक पुगेको छ । हालसम्म ५० जना संक्रमितको मृत्यु भइसकेको छ । एकैदिन एक सय ३८ जना नयाँ बिरामी थपिएसँगै मंगलबारसम्ममा संक्रमित संख्या प्रदेशमा चार हजार नौ सय ६७ पुगेको हो । संक्रमित हुनेमा एक हजार चार सय ११ महिला र तीन हजार पाँच सय ५६ पुरुष रहेका छन् । हालसम्म एक लाख १० हजार सात सय ९० जनाको स्वाब संकलनपछि पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये एक लाख पाँच हजार आठ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका कोभिड–१९ निगरानी तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा। सरोज विशालका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । एक हजार सात सय ७४ जनाको पीसीआर परीक्षण हुँदा ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिए । परीक्षण गरिएकामध्ये एक हजार छ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको विशालको भनाइ छ । मंगलबार थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका एक सय आठ जना छन् । मोरङमा एकै दिन संक्रमण पुष्टि भएको संख्या अहिलेसम्मकै उच्च हो । मोरङका संक्रमितमा पनि विराटनगर महानगरपालिकाका मात्रै ७० जना छन् । ७० जनामध्ये २८ महिला र ४२ पुरुष छन् । प्रदेश राजधानी विराटनगर महानगर कोरोनाका कारण सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह ।



विराटनगरबाहेक मोरङको कटहरीमा तीन महिला, ११ पुरुष, बूढीगंगामा छ महिला, छ पुरुष, सुन्दरहरँैचामा दुई महिला, एक पुरुष, पथरीशनिश्चरे र जहदामा दुई÷दुई पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा एकरएक महिला र स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको जानकारी विशालले दिए । मोरङबाहेक सुनसरीमा २२, झापामा दुई, संखुवासभा, पाँचथर र ताप्लेजुङमा एक÷एक तथा प्रदेश १ बाहिरका तीन जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको दुहवीमा तीन, महिला ११ पुरुष, धरानमा तीन महिला, एक पुरुष, इटहरीमा दुई पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका एक÷एक जना पुरुषमा कोरोना देखिएको छ । झापाको दमकमा एक पुरुष, मेचीनगरमा एक महिला, संखुवासभामा एक पुरुष, ताप्लेजुङका एक पुरुष, पाँचथरको फिदिमका एक पुरुष र प्रदेश १ बाहिरका दुई महिला र एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उपचारपछि कोरोना जित्दै प्रदेश १ मा हालसम्म दुई हजार एक सय ४२ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा हालसम्म १३ महिला र ३७ पुरुष गरेर ५० जना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १२ जना प्रदेश २ र ३८ जना प्रदेश १ का हुन् । प्रदेश २ का दुई जना संक्रमित महिला र १० जना पुरुषको मृत्यु भएको संयोजक विशालले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा संक्रमितमध्ये ११ महिला र २७ जना पुरुषले ज्यान गुमाइसकेका छन् । प्रदेश १ मा मृत्यु हुनेमध्ये मोरङका २९, सुनसरीका सात र झापाका दुई जना छन् । मोरङमा विराटनगरका १९, बूढीगंगाका चार, ग्रामथान, रंगेली, धनपालथान, सुनवर्षी, पथरीशनिश्चरे र बेलबारीका एकरएक संक्रमितले ज्यान गुमाइसकेका छन् । मृत्यु हुने सुनसरीका संक्रमितमा धरानका छ र रामधुनीका एक जना छन् । मंगलबार मात्रै धरान–१७ का ७० वर्षीय संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका र कनकाईका एकरएक जना संक्रमितको मृत्यु भइसकेको छ ।अनलाईनखबरबाट