गोली हानी नगद लुटपाट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम । सर्लाहीको चक्रघट्टामा बुधवार गोली प्रहार गरी नगद लुटपाट भएको छ। जिल्लाको कविलासी नगरपालिका(३, बिनग्राका २८ वर्षीय सुरेन्द्र चौधरी र १९ वर्षीय प्रमोद कुमार यादव चक्रघट्टामा रहेको एक बैंकमा रकम जम्मा गर्न जाँदै गर्दा चक्रघट्टा(५, स्थित चक्रघट्टाबाट बिनग्रातर्फ आउने सडक खण्डको सुनसान ठाउँमा उनीहरुको साथमा रहेको रकम लुटिएको हो। सडकमा हिँड्दै गर्दा आफूभन्दा अघि लागेको एउटा मोटरसाइकल सय मिटर अघि पुगेर फर्किएको र त्यसैमा सवार व्यक्तिहरूले आफूहरूसँग भएको नगद लुटेको सुरेन्द्र चौधरीले बताएका छन्‌। रकम लुट्न उनलाई कटुवा पेस्तोलबाट गोली प्रहार गर्दा तिघ्रामा चोट लागेर घाइते समेत भएका छन्। उनको अहिले जिल्ला अस्पताल मलंगवामा उनको उपचार भइरहेका प्रहरीले जनाएको छ। चौधरीसँगै रहेका प्रमोद कुमार यादवले आफ्नो साथबाट ४० हजार रुपैयाँ लुटिएको बताएका छन्‌। यादवमाथि भने गोली प्रहार भएको छैन्। हतियारधारी व्यक्तिले मोटरसाइकल रोकेर रकम माग्नासाथ आफ्नो साथमा भएको पैसा निकालेर दिएकाले आफूलाई केही पनि नगरेको यादवले प्रहरी समक्ष बताएका छन्। घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० सन्तोष सिंह राठौरले जानकारी दिए। अनुसन्धान भइरहेकोले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने उनले बताए। ४० हजार रुपैयाँ लुटिएको दावी गरेका प्रमोद कुमार यादवलाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ। प्रहरीले लुटपाटको घटना शंकास्पद देखिएको बताएको छ। घटनाबारे सुरेन्द्र र चौधरीकै बयान बाझिएको छ।थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय