संविधान दिवसको अवसरमा घरघरमा दीप प्रज्वलन गर्न सूर्योदय नगरपालिकाको आह्वान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिकाले संविधान दिवस—२०७७ को अवसरमा असोज २ गतेबाट ४ गते सम्म दीप प्रज्वलन गर्न आह्वान गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी कार्यालय,संघ,संस्था,विद्यालय र सम्पुर्ण नागरिकको घरघरमा दीप प्रज्वलन र राष्ट्रिय झण्डाउत्तोलन गर्ने गराउने निर्णय गरेको हो । साथै नगरभित्रका सम्पुर्ण मन्दिर,बुद्धविहार,मस्जित,चर्ज एवम् गुरुद्धवार लगायतका धार्मिक स्थलहरुमा नित्य पुजा तथा प्रार्थना गर्ने गराउने समेत निर्णय गरेको संविधान दिवस आयोजक समितिका संयोजक पेमा उगेन लामाले जानकारी दिनुभएको छ ।

म्याराथुन दौड प्रतियोगिताको आयोजनाः

सूर्योदय नगरपालिका संविधान दिवस आयोजक समितिद्धारा म्याराथुन दौड प्रतियोगिता संचालन गरिने भएको छ । असोज ३ गते आयोजना गरिएको प्रतियोगितामा खुल्ला समुह तर्फ ३५ बर्षसम्म , महिला समुह र भ्याट्रन समुहको खेल संचालन हुने छ । संयोजक लामाका अनसुार उक्त कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको उपस्थिति भने अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय