इलाम । उच्च अदालत बार एसोसिएनको अध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन् । बारको १३ औ साधारणसभाबाट खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा तारानिधि घिमिरे, सचिव जीवन कोइराला र कोषाध्यक्षमा मणीराम निरौला निर्वाचित भएका हुन् ।
सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल,सुधिर बोहोरा,उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा निर्वाचित भएका छन् । पार्षदहरुमा किरण सुनुवार, याम लिम्बु र भिमप्रसाद रिजाल निर्वाचित भएका हुन् । अशोक क्षेत्रीको अध्यक्षतामा भएको उद्धघाटन सत्रको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल रहेका थिए ।