इलाम । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् । यस्तै बाराका १११ जना, नवलपुरका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३र१३ जनामा संक्रमण पुष्टि भएको छ ।
रामेछापका ९ जना, सिराहा र कैलालीका ८र८ जना, चितवन र सिन्धुपाल्चोकका ७र७ जना, झापा र पर्साका ६र६ जना, दोलखा, तनहुँ र लमजुङका ५र५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४र४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३र३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २र२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १र१ जनामा संक्रमण देखिएको छ ।