६ महिनापछिको पहिलो उडान आज नेपाल एयरलाइन्सले गर्‍यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कोरोना भाइरसको महामारीले बन्द भएका आन्तरिक उडान आजबाट फेरि सुरू भएका छन् । सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज बिहान ७ बजेर ४३ मिनेटमा नेपाल एयरलाइन्सले काठमाडौँबाट भोजपुर उडान गरेको छ । उक्त उडानबाट १६ जना यात्रुले सेवा लिएका छन् । त्यसअघि आजै समिट एयरले काठमाडौँबाट लुक्काका लागि चार्टर उडान गरेको उनले जनाए । ९ यात्रुसहित समिट एयर बिहान ७ बजेर ४० मिनेटमा उडेको उनले बताए । आन्तरिक उडान खुलेसँगै विभिन्न हवाई कम्पनीले आज ५३ देखि ५५ वटासम्म उडान गर्न लागेको प्रवक्ता क्षेत्रीले बताए । शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने निर्णय बमोजिम दैनिक ३६(४० नियमित उडान र बाँकी चार्टर हुने उनले बताए ।

उडान सुरू भएसँगै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ पनि चलहपहल बढेको छ । यात्रुले सुरक्षा सतर्कताको प्रकिया अपनाउँदा कम्तिमा १ घण्टाको समय गुजार्नु पर्ने भएकले कम्तिमा २ घण्टाअघि नै एयरपोर्ट पुग्न आह्वान गरिएको छ । विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ । आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले पूरा यात्रु राखेर उडान गर्न पाउनु पर्ने माग राखेपछ सरकारले गत शुक्रबार पूरै यात्रु राख्न दिने अनुमति दिएको थियो । सो लगत्तै विमान कम्पनीहरूले टिकट बुकिङ खुला गरेका थिए । अहिलेसम्म टिकट बुकिङ सन्तोषजनक नै रहेको बायु सेवा सञ्चालकहरूले जनाएका छन् ।

पूरै सिट क्षमतामा यात्रु राख्न पाइने भएपछि पूरानै भाडादरमा उडान भएका छन् । महामारीको समयमा आर्थिक गतिविधि चलायमान नहुँदा यसले यात्रुलाई राहत मिल्ने संघका प्रवक्ता योगराज कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय