फिक्कलः भनिन्छ भोकको गरिबीलाई संघर्षले उछिन्छ । तर रोग सहितको गरिबीलाई संघर्षले जित्न नसक्दो रहेछ । यस्को एउटा ज्वलन्त उदाहरण सूर्योदय नगरपालिका १० का टिकाराम तामाङको परिवार बनेको छ । टाटीले बारेको घर , माटो झरेर टाटीमात्रै हुन लागेको घरमा ३ छोराछोरी र ६ बर्ष देखि प्यारलाईसिसले थलीएकी श्रीमती , दैनिक जयालादारी गरेर पेटपाल्नुपर्ने बाध्यता तामाङको दैनिकी हो ।
त्यहिमाथी सात बर्षकी छोरी अञ्जली तामाङमा लागेको ‘कडा रोग’को पिडाले उनलाई पिरोल्नु सम्म पिरोलेको छ ।
डाक्टरले एक बर्ष अघि नै अञ्जलीको किड्नीले काम नदिएको बताए पनि उनले छोरीको उपचार गराउन सकेका छैनन् । अहिले खुट्टा देखि टाउको सम्म पुरै सुनिएको छ । मेची अञ्चल अस्पताल भद्रपुर झापा पु¥याए पछि नोवेल अस्पताल विराटनगरका लागि रिफर गरियोे । स्थानीयको सहयोगमा नोवेल अस्पताल विराटनगर पु¥याए पछि ‘डाइलोसिस नथाम्ने भन्दै फिर्ता गरेपछि बाबु टिकारमाको छटपटी झनै थपिएको थियो । पछिल्लो समय अञ्जलीलाई मेची अञ्चल अस्पतालबाट आईतबार घर ल्याईएको छ । “छरछिमेकले जुटाई दिएको पैसाले आईतबार काठमाण्डौं लैजाने तयारी छ । ‘चिनेको छैन जानेको छैन कसरी उपचारमा लैजाने केहि उपाय छैन ।” टिकारामले दुखेसो पोखे।देख्दा मोटाए जस्तो लाग्ने अञ्जली एक बर्ष देखि पिडामा छिन् । शरिरमा तागत शुन्य प्राय भएको छ । करफोक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्ने अञ्जली एक बर्ष देखि स्कुल जान सकेकी छैनन् । टिकाराम भन्छन् ‘घरपनि छैन , जमिन पनि छैन, छोरी कसरी बचाउने भन्ने चिन्ता छ’ ६ बर्ष देखि एउटा खुट्टो नचल्ने टिकारामकी श्रीमती सुमित्रा तामाङलाई घर भित्रबाहिर गर्न पनि समस्या छ । छोरीको पिडाले उन्लाई झनै कमजोर बनाउँदै छ । जसरी पनि छोरी बचाउनका लागि सहयोको याचना गर्दै आएका छन् टिकाराम । अरुको मेलापात गरेर जिविका धान्ने टिकारामलाई स्थानीयले दुई रोपनी जमिन दिएका छन, उनी त्यहि खनीखोसी्र गर्छन् ।
जसोतसो पेटपाल्न ज्यालादारी गर्ने टिकाराम अहिले छोरी बचाउन चन्दा माग्न व्यस्त छन् । टिकारामलाई छोरीको किड्नी जोगाउन लाग्ने रकमको अत्तोपत्तो छैन । उनी भन्छन् ‘लाउँला खाउँला उमेरकी छोरीको ज्यान जोगाउन मनकारीहरुको सहयोगको आश गरेको छु । तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैकमा खाता समेत खोलेका छन् । कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन तामाङले सबै सहयोगी मनसँग हार्दिक अपिल समेत गरेका छन् ।