इलाम । कोरोना विरुद्धको सुरक्षाका लागि पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का संघीय सांसद पछिल्लो समय सक्रिय रुपमा लागेछन् । उनले आफनो जिल्लामा कोरोना विरुद्धको लडाँइका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्दै आएका छन् । गत भदौको पहिलो साता आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८ सय थान पिपिई र १ हजार ५ सय थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।खनालले भरखरै इलाम अस्पतालका लागि २५ थान पिपिई र १ सय थान गगल्स वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री वितरण गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालले स्वास्थ्य सुरक्षा सामाग्री इलाम अस्पतालका प्रतिनिधीलाई हस्तान्तरण गरे । चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा खनालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
पुर्वप्रधानमन्त्रि खनालले दिए इलाम अस्पताललाई पिपिई
२०७७ आश्विन ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd