इलामको सूर्योदयमा लोपोन्मुख लेप्चा जातीको सांस्कृतिक प्रवर्धनका लागी उद्यान निर्माण हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिकामा लेप्चा जातीको सांस्कृतिक प्रवर्धनका लागि उद्यान निर्माणको काम हुँदैछ ।

सूर्योदय–१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर पाँचका अध्यक्ष विर बहादुर लाप्चाले जानकारी दिनुभयो । करिब दुई हजार ३०० बराबर लेप्चा समुदायको बसोबास रहेको सूर्योदयमा रु एक करोड ८० लाख लागतमा उद्यानको काम शुरु भएको प्रवक्ता लाप्चाले जनाउनुभएको छ ।

तीन वर्षमा निर्माणको काम सम्पन्न हुनेछ । सूनपाले लेप्चाको सङग्रहालय नजिकै गएको साउनदेखि उद्यान बनाउन थालेको हो ।प्रवक्ता लाप्चाले भन्नुभयो, ‘नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालयको अवलोकन गर्न सक्नेछन्।’ गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो ।  देशभरिकै अधिक लेप्चा समुदायको बसोबास भएको जिल्ला इलाम भएकाले सांस्कृतिक संरक्षण र संवर्धन गर्दै दिगो परिचालनका निम्ति उद्यानको महत्व रहेको प्रवक्ता लाप्चाको भनाई छ ।

अहिले यस स्थानमा जग्गा सम्याउने काम भइरहेको छ । उद्याननको निर्माण सकिएपछि संचालनको काम गुम्बा समितिलाई दिइने छ ।
ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्र्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाले बताउनुभएको छ । उद्यानको अधिकांश क्षेत्रमा फूलबारी बनाउने नगरको योजना छ भने अन्य क्षेत्रमा ‘जिम हल’ र घुमघाम गर्ने क्षेत्र रहने छ ।

सङग्रहालयमा पुरातात्विक महत्वका सामग्री रहेको र ती सामग्रीको प्रवद्र्धन गर्न नगरले उद्यान निर्माण थालेको नगरप्रमुख रणबहादुर राईको भनाइ छ । संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि नगरले नयाँ कार्य शुरु गरेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय