कविताः “बुढो र बोझिलो”(भिडियो सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

खै यो कुरा सायद हो नै रहेछ क्यार
लगाइएको सुन्दर कपडा फाट्दै गर्दा
र, मान्छेको उमेरले डाँडो काट्दै गर्दा
आफ्ना कै लागि बुढो बोझ भैँदो रहेछ।।

(पहिले मैले छोरालाई काँधमा चढाएर)२
संसारेको हटिया घुमाको थिए।।।।।
अहिले छोराले मेरो हात पकडिएर
मलाई पनि बजार डुलाओस
जस्तो लागिरहदो रैछ।।।।।।।।।।।
भै गो यो बुढो शरिरलाई मार्गदर्शन गराएर हिँड्न
छोराको जवानीलाई लाज लाग्दो रैछ।।

(बिहान झ्यालबाट हेर्ने गर्छु, नियाल्ने गर्छु
त्यो आधा जरा सुकेको, अनि हावाले
हल्लाई रहेको तुलसीलाई
र आधा छाला सुकेको, अनि उमेरले
हल्लाई रहेको मलाई हेर्छु।।।।।)२
हामी ठ्याक्कै उस्तै देख्छु।।।।।
मेरो सुक्खा घाँटीले, चाहेको बेला तातो पानी पाउन
छाडेदेखि नै हो त्यो खडेरी लागेको तुलसीको जराले
चाहेको बेला चिसो पानी पाउन छाडेको।।
(उसकी आमा तिजमा माइत जाँदा
कति मस्तसँग निदाएथ्यो मेरो छोरा)२
कति मिठो गीत भन्दै, मैले गाएको लोरी गीतमा
आज मेरो छोरालाई मैले गाएको अर्ती, उपदेश
कत्ति तितो लाग्ने गर्छ।।।।।
भै गो बुढेसकालमा बिना रसको आवाज
नमिठो, खल्लो र शुष्क नै हुँदो रैछ।।

(सीता झैँ प्यारी, सुन्दर र शुशिल मेरी बुहारीले
सबैलाई जस्तै सिता छुट्टिने सितैसिताको भात
मेरो अगाडि पनि मायाले राखिदिन्छिन्)२
जति आफ्नो ठान्न खोजेपनि आफ्नै छोरी जस्ती
नहुदि रैछिन् क्यार अर्काकी छोरी, सोच्ने गर्छु
यदि हुने भए,ूमलाई गिलो जाउलो बनाइदेउ न भन्न
बिना दाँतको मेरो मुख नडराउनु पर्ने हो।।
(मैले बिर्से मेरो छोरा खै कुन्नि कति महिनाको हुँदा
रूवेलाको खोप लाएको रात
रातभरि रोएथ्यो मेरो छोरा म सँगै)२
म खै कुन्नि कति बर्खको हुँदा मेरो खोकाइले
छोराको रातभरको निन्द्रा बिग्रदो रैछ क्यार
बिहान ऊ औधी झर्कन्छ ।।

(आजकल।।।।।
मलाई मन पर्ने माली गाईको मिठो घ्यू बस्ने दराज)२
मसँग ठुस्स परेर मुखमा ताल्चा ठोकेर बस्ने गर्छ
अनि त्यो ठुस्किएको ताल्चामा बुहारीको हातले
मात्र कहिलेकाही राज गर्छ।।।।।
भै गो बढी चिल्लो पनि नपच्दो रैछ बुढेसकालमा।।

(छोराले कुनैबेला आकाश ठानेको यो छाती
कहिलेकाही खुम्चन खोज्छ)२
छाती त कोनी तर सास खुम्चि सक्दा मात्रै छोरा
भेट्न आउने हो की भन्ने पिरले मन खुम्च्याउने गर्छ
भै गो यो चिम्रो आँखामा न त आशु सुहाउने
न त थोते मुखको मुस्कान नै तेजिलो।।।।
थोत्रे कपडा जस्तै भइदो रहेछ बुढेसकालमा
बुढो अनि बोझिलो
हो बुढो अनि बोझिलो।।।।।।।

अर्पना थामि (एन्जिला)—सूर्योदय नगरपालिका १ इलाम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय