लालीखर्क र गुप्तीका किसानलाई बँदेलकै पिरलो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न–३ मा बँदेल आतंक बढेको छ । गाउँपालिकाको लालिखर्क र गुप्तीमा बँदेल आतंक बढेको हो । कृषकहरुले लगाएको नगदेबाली स्थानियले लगाएको मकै बदेलले बिनाश गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।

बर्सेनि यहि समयमा बँदेल आउने र आफुहरुले लगाएको बालीनाली सखाप पार्ने किसानहरुको गुनासो छ । राती ११,१२ बजे सम्म रुङ्गने गरेपनि बदेँल कति बेला आएर बालिनाली खाने गरेको गुनासो हरेक बर्ष रहँदै आएको छ ।

‘सँधै खेती ग¥यो उठाउने बेला जंगली बन्यजन्तुलाई खुवाउनु पर्छ’ एक किसानले भने ‘खेती गर्यो सबै बदेँलले रातिनै खाईदिन्छ जहिल्यै रुगेर पनि साध्य नहुने रहेछ ।’ बदेँल नियन्त्रण गर्न स्थानिय सरकार तथा प्रहरी प्रशासनले केही नगरेको गुनासो छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय