सोमबार १३५१ जना कोरोना संक्रमित थपिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ सय ४२ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ।

देशभर १९ हजार ६ सय २४ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय