
रोशन काफ्ले,फिक्कलःसुर्योदय नगरपालिका वडा न ७ कन्याम गोगनेका निसान सापकोटाको पछिल्लो समय गीत संगितको क्षेत्रमा आफुलाई चिनाउने प्रयासमा रहेका छन् । ‘उ जन्मेको उस्को देशमा’ बोलको राष्ट्रिय गित गाएर संगित क्षेत्रमा प्रवेश गरेका उनले भरखरै ‘फेरि भेट नहोला’ नामको कभर गित सार्बजनिक गरेका छन् । उनले अहिले सम्म ५ वटा गीत र कभर गाइसकेका छन ।
उनले रचना गरेका ५ वटा र ४ वटामा आफैले संगित भरेका गित समेत बजारमा आईसकेको छ । २० बर्षिय सापकोटा आधुनिक क्लासिकल गितमा रुचि राखेपनि अहिले कभर गित बढि गाउने गरेका छन् । उनको २ वटा कभर गीत रहेको छ । जसमध्ये कालिप्रसाद बास्कोटाको इन्स्टाको फोटो र रिकेश गुरुङको फेरि भेट नहोला गितको कभर गाएका हुन ।



पछिल्लो समय संगितमा निकै रमाईरहेका सापकोटा गितमा नै बढि आफ्नो रुचि रहेको र आगामी दिनमा आफू गीत संगीतबाट नै आफुलाई नेपालसामु चिनाउन लागि पर्ने समेत बताए । कन्यामको कृष्णाश्रम माध्यमिक विद्यालय १२ मा पढदै गरेका सापकोटालाई घरबाट समेत संगीतमा राम्रो सपोट रहेको र आमाबाबाको सपना पनि आफुले यहि क्षेत्रबाट केही गरोस भन्ने रहेको निसान बताउँछन् ।
छोराको आवाज रेडियो टेलिभिजन युट्युबतिर सुन्न पाउँदा निक्कै खुशी र गर्भ लाग्ने गरेको निशानका बुबा गणेश सापकोटा बताउँछन । छोराले सानै बाट गाउमा बिहे सांगितिक कार्यक्रम र अन्य कार्यक्रमतिर गाउने गरेको र आज आएर उस्ले आफै समेत गित लेख्ने गाउने गरेको उस्को स्वर सुन्दा आफुलाई निक्कै आनन्द आउने सापकोटा बताउँछन् ।
यो क्षेत्रमा लाग्न आफुलाई धेरैले प्रेरित गरेपनी आफ्नो प्रेरणाको श्रोत पत्रकार धडकन शर्मालाई दिन्छ्न सापकोटा । ‘पहिले कहिले आफुले ठूलो ठाउँमा गाएको थिइन धडकन सरले एफएममा ईन्टरभ्यु लिनुभयो र आफुले गाएको एफ एममा सुन्दा केही गर्न सक्ने रहेछु भनेर अनि थप उर्जा मिलेको हो । ‘ उनले भने ‘पहिलो गीत नै धड्कन सरको रचनामा गाउँने अवसर पाए मेरो लागि त्यो नै अविष्मरणीय क्षण बनेको छ ।’ अब आउने दिनमा पनि आफू संगितमा नै लाग्ने र थप नया गितहरु सिर्जना गर्ने र संगित क्षेत्रमा नै आफुलाई चिनाउने सापकोटाको सोच रहेको छ ।