फिक्कलबाट सरुवा भएका ग्लोबल बैंकका कर्मचारीमा कोरोनाः१४ जना कर्मचारी होटल क्वारेन्टाइनमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,ग्लोबल आइएमई बैंक फिक्कल शाखाबाट सरुवा भएका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बैंकमा कार्यरत ३५ बर्षिय कर्मचारी काठमाण्डौ सरुवा भएकोमा असोज ११ गते ललितपुरमा पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण देखिएको हो । असोज १२ मा आएको रिर्पोटमा उनमा संक्रमण देखिएको सूर्योदय नगरपालिकामा कोभिड–१९ फोकल पर्सन बिपुल अधिकारीले बताए । हाल उनको अवस्था सामान्य रहेको छ । बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएसंगै नगरपालिकाले आज शाखाका १४ जना कर्मचारीको स्वाब संकलन गरी परिक्षणको लागि झापाको कोटिहोममा रहेको प्रयोगशालामा पठाएको छ । कर्मचारीहरुको निजी खर्चमा नै उनीहरुलाई पानारोमा होटलको क्वारेन्टाइनमा राखिएको अधिकारीले जानकारी दिए । उनीहरुको रिर्पोटको नतिजा नआएसम्म बैंकको कारोबार बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय