इलामको माईजोगमाईमा २० लाख लागतमा निर्मित आलु भण्डार उद्धघाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोशन काफ्ले,नयाँबजारः कालिका कृषि सहकारी संस्थाको आलु भण्डारण ९रष्ट्रिक स्टोर० उत्घाटन गरिएको छ । इलामको माईजोगमाई गाउँपालिका वडा न १ मा रहेको उक्त भण्डारणको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उदघाटन गर्नुभएको हो । कृषि अनुसन्धान केन्द्र जौबारीको २० लाख रुपैया लागतमा आलु भण्डार निर्माण भएको हो ।

कार्यक्रममा आलु अनुसन्धान केन्द्रका प्रमुख गणेश खत्री र वडा नं १ का अध्यक्ष यामबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । रष्ट्रिक स्टोरमा १ सय टनसम्म आलु भण्डारण गर्न सकिने गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्जिव थामीले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसंग समवन्य गरी अघि बढिरहेको बताउनुभयो ।

उहाँले, सहकारीताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताउनुभएको छ । चिसो हावापानी, घमाइलो, मलिलो माटो भएकाले पनि माईजोगमाई गाउँपालिकालाई आलु खेतीका लागि उर्भर ठाउँ मानिएको छ । आलु अनुसन्धान केन्द्र पुर्नस्थापना भएपछि हाल गाउँपालिका क्षेत्रका धेरै जसो किसान आलु खेतीमा आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय