प्रदेश ५ का प्रतिपक्षी सांसद तोडफोडमा उत्रिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्थायी राजधानी दाङमा राख्‍ने प्रस्ताव प्रदेश सरकारले गरेपछि प्रदेश ५ को संसदमा हंगामा भएको छ। सोमबार बसेको प्रदेश संसदको दोस्रो बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरुले कुर्सीसहितका फर्निचर तोडफोड गरेका छन्। सभामुख पूर्णबहादुर घर्ती मगरले दोस्रो बैठक सुरु गरेलगत्तै रोस्ट्रम घेरेका प्रतिपक्षी कांग्रेससहितका सांसदहरु तोडफोडमा उत्रिएका थिए। सांसदहरुले बैठक कक्षाका कुर्सी उठाउँदै तोडफोड गरेका हुन्। प्रतिपक्षीको तोडफोड र नाराबाजीकाबीच दाङलाई राजधानी कायम गर्नुपर्ने प्रस्ताव प्रदेश सरकारले संसदमा पेश गरेको छ। यससँगै यो प्रस्तावमा अहिले छलफल भइरहेको छ। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय