पछिल्लो २४ घण्टामा थप २२ संक्रमितको मृत्यु, कुल मृतक ६३६

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट काठमाडौं उपत्यकामा ८ सहित देशभरि थप २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो। काठमाडौंमा ६६ वर्षीया महिला, ६० वर्षीय पुरुष, ७० वर्षीय पुरुष, ७५ वर्षीय पुरुष र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, ललितपुरमा ४९ वर्षिय पुरुष, भक्तपुरमा ४४ वर्षीय पुरुष र ५७ वर्षीय पुरुषको मृत्यु भएको छ। यसैगरी, चितवनमा एक ७५ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, एक उमेर नखुलेका पुरुष, ४७ वर्षीय पुरुष र ९८ वर्षीय पुरुषको मृत्यु भएको छ। त्यस्तै, सुनसरीमा ६२ वर्षीया महिला, ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष मकवनपुरमा ८५ वर्षीया महिला सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, नुवाकोटमा ७७ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, ६१ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।
थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय