कोरोना संक्रमणबाट इलामकी एक बालिकाको ज्यान गयोः पाँच जनाको पीसीआर रिर्पोट पोजेटिभ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाममा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एक बालिकाको मृत्यूू भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं। ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा शुक्रबार राती साढे ११ बजे बालकको बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाइएको छ ।

यसरी नै स्वास्थ्य कार्यालयले स्वाब परीक्षणमा पठाएको मध्ये पाँच जनाको पीसीआर रिर्पोट पोजेटिभ आएको छ । ३१ जनाको पीसीआर टेष्टको रिर्पोट आएकामा पाँच जनाको पोजेटिभ आएको, १४ जनाको रिर्पोट आउन बाँकी र २८ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । ५७ वर्षीय पुरुष, २९ वर्षीय पुरुष, २० वर्षीय पुरुष, ५१ वर्षीय पुरुष र १६ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका कर्मचारीका आफन्त, एक्सेल डेभलपमेन्टका कर्मचारी र स्थानीय एक जनामा पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय