![](https://ilamkhabar.com/wp-content/uploads/2020/08/corona-test-UP-2.jpg)
पछिल्लो २४ घण्टामा देशभर थप २९ सय ९६ संक्रमितहरू निको भएका छन्। योसँगै नेपालमा हालसम्म एकपटक कोरोना लागिसकेर निको हुनेहरूको कुल संख्या ९९ हजार ६०५ पुगेको छ। त्यस्तै, बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। नेपालमा हाल ४४ हजार ६७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २९ हजार ८०० जना होम आइसोलेसनमा छन्। त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको संख्या ४ हजार ६५ छ। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)