हटिया भर्न आएकालाई गोर्खे बजारका युवाद्धारा मास्क वितरणःस्वास्थमा संवेदनशील बन्न सुझाब

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नं.१ स्थित गोर्खे बजारमा युवाले माक्स वितरण गरेका छन् । साप्ताहिक रुपमा बुधबार लाग्दै आएको हटिया भर्न आएका सर्वसाधारणलाई ४०० भन्दा बढी मास्क वितरण गरिएको वडाध्यक्ष राजकुमार शेरेङ्गले जानकारी दिनुभएको छ । भारतीय सिमासंग नजिक रहेको यस बजारमा कोरोना भाईरसको जोखीम नियन्त्रण गर्ने उद्धेश्यले मास्क वितरण गरिएको हो । यसबर्षको दशैं भिडभाड रहित माउन आग्रह गदैै उनिहरुले सजक र सतर्क बन्न सुझाब दिईएका छन । प्रहरी प्रशासन सँग समन्वय गरि वडाध्यक्ष शेरेङ्गको उपस्थितिमा हिमाली टोलका युवाले सो कार्य गरेका छन् ।

पछिल्लो समय कतिपय युवाशक्ति नै कोरोनाको प्रकोपबाट बच्न सुरक्षित नभईरहेका बेला युवाकै सकृयतामा यसप्रकारको काम हुनु उदाहरणीय भएको वडाध्यक्ष शेरेङ्गले बताउनुभएको छ । बडादंशैको संघारमा विभिन्न क्षेत्रबाट बजार भर्न आएका मानिसहरुबाट कोरोना फैलने जोखीम भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सामान खरिद बिक्री गर्न पनि वडाकार्यलयले आग्रह गरेको छ । प्रहरीसंग समन्वय गरि हिमाली टोलका युवाले प्रशंसनीय काम गरेको प्रहरी चौकी गोर्खेका प्रमुख शिबकुमार भट्टराईले बताउनुभयो ।

स्थानिय तहको निर्वाचन यता ऐतिहासीक गोर्खे बजारले मुहार फेरेको स्थानिय बताउँछन । जिल्लामै पुरानो मानिएको गोर्खे बजारले लामो समय विकासको पर्खाइमा बिताए पनि जनप्रतिनिधि निर्वाचित भएसंगै विकासको लहर सुरु भएकोमा सर्वसाधारण ढुक्क छन । बजारको सडक निर्माणाधिन भएकाले निर्माण पछि बजारको ब्यवस्थापन र दिगो परिचालन गर्न कसरी सकिएला भन्ने विषयमा समाजका बौद्धीक ब्यक्तिहरुसंग छलफल भईरहेको वडाध्यक्ष शेरेङ्गको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय