रोङमा अत्यावश्यक बाहेक सबै सेवा बन्दःफाकफोकथुम गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई कोरोना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामको रोङ गाउँपालिकाका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । वडा नं ५ का एक महिला कर्मचारीमा लक्षण नभएको तर पि सि आर रिपोर्ट पोजेटिभ देखिएपछि वडा नं ५ को वडा कार्यलय र स्वास्थ्य चौकि सिल गरिएको छ । गाउँपालिकाका सबै कर्मचारीहरु जहाँको त्यही क्वारेनटाइनमा बस्न र सर्वसाधरणहरुलाई गाउँपालिकामा अत्यावसेक सेवा बाहेक अन्य सेवा बन्द रहने एक सुचना मार्फत जानकारी गराईएको छ ।

यसैगरि संक्रमित कर्मचारीको नजिकमा रहेको वडा नं ५ का २५ जनाको स्वाव आज संकलन गरि पि,सि,आरको लागि पठाइएको छ । यता रोङ गाउँपालिकमा सरकारले निर्माण गर्ने ५ बेडको कोभिड अस्पतालको संचालन अन्तिम चरणमा पुगेको छ । एक जना मेडिकल अफिसर , २ जना स्टाफनर्स र एकजना कार्यलय सहयोगिको छनौट गरि वडा नं ५ मा रहेको पुरानो स्वास्थ्य चौकिमा संचालन गरिने भएको उक्त अस्पतालको केहि भौतिक पूर्वाधार मात्रै बाँकी रहेकोले संभवता शुक्रबार सम्ममा संचालनमा आउन सक्ने स्वास्थ्य शाखा प्रमुख नेत्र पोखरेलले बताउनुभएको छ । होल्डिङ्ग क्वारेन्टाइन समेत रहेको रोङको शान्ति निकेतनको क्वारेनटाइनमा रहेका सबैको परीक्षण नेगेटिभ आएकाले आज भने रित्तो अवस्थामा रहेको प्रमुख पोखरेलले बताउनुभयो ।

यसैबिच फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । उच्च ज्वरो आएपछि झापा झरेका श्रेष्ठलाई कार्तिक २ गते कोरोना संक्रमण देखिएको गाउँपालिका उपाध्यक्ष सरस्वती राई सरुले जानकारी दिनुभयो। मेची अञ्चल अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो ।

हाल श्रेष्ठ झापाको विर्तामोड स्थित आफ्नै घरमा आराम गरिरहनु भएको छ। अध्यक्षमा संक्रमण देखिएपछि अर्को सुचना नआउन्जेल गाउँपालिकाले कार्तिक ३ गतेबाट कार्यालयको सेवा बन्द गरेको छ । सार्वजनिक सुचना जारी गर्दै गाउँपालिकाले कसैमा उच्च ज्वरो, सुख्खा खोकी लगायत कोरोनाको शंकास्पद लक्षण देखा परेमा सम्बन्धित निकायलाई जानकारी गराई आफ्नै घरमा सुरक्षित साथ होम आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय