रोङ गाउँपालिका अध्यक्ष राई सहित ३ कर्मचारीमा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामको रोङ गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणको गरिएको स्वाब संकलनमा गाउँपालिका अध्यक्ष शमसेर राई र ३ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
गाउँपालिका अध्यक्ष राईले सामाजिक संजालमा आफु सहित अन्य कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको बताएका छन् । उनले संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका व्यक्तिमा सतर्कता अपनाउन अनुरोध गरेका छन् । गाउँपालिकाले ६९ जनाको स्वाब संकलन गरेकोमा ५९ जनाको यस अघिनै नेगेटिभ रिपोर्ट आएको थियो । गाउँपालिकामा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि एक साता अघि गाउँपालिकाले स्वाब संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय