इलामको नयाँबजारमा कात्तिक २५ गते वृहत रक्तदान कार्यक्रम गरिदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको माईजोगमाई गाउँपालिका स्थित नयाँबजारमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । लभ्ली युवा क्लब माईजोगमाई २ खोल्मे इलामको आयोजनामा यहि कात्तिक २५ गते मंगलबार रक्तदान कार्यक्रम संचालन गरिने क्लबका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभएको छ । रक्तदान गरौँ स्वस्थ जीवन जिऔँ र हालको विषम परिस्थितिमा रगत अभाव हुन नदिऔँ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको कार्यक्रम पाँचथर होटलको सभाहल नयाँबजारमा संचालन हुने अध्यक्ष शेर्पाले जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी फिक्कल उपशाखाले कार्यक्रममा प्राविधिक सहयोग गर्ने आयेजकका प्रदिप खड्काले बताउनुभएको छ । स्थानिय युवा एकजुट भई गठन भएको लभ्ली युवा क्लबले सामाजीक क्षेत्रमा समेत राम्रो कदम चाल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय