कोरोना रोकथाम तथा नियन्त्रणमा सूर्योदय नगरपालिका उत्कृष्ट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा गरेका कामको आधारमा स्वास्थ्य कार्यालय इलामले सूर्योदय नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समिक्षा कार्यक्रमको प्रस्तुतिकरणमा सूर्योदय नगरपालिका इलामका १० स्थानिय तह मध्ये प्रथम भएको हो । स्वास्थ्य कार्यालय इलामले आयोजना गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समिक्षा कार्यक्रमको प्रस्तुतिकरण र कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यमा गरेको काम अनुसार सूर्योदय नगरपालिका प्रथम भएको हो ।

स्वास्थ्य कार्यालयले पालिकाहरुले दिएको सेवा सुविधा, प्रस्तुतीकरणका आधामा मूल्याङक गरेको स्वास्थ्य कार्यालयका प्रमुख बृज कुमार दासले जानकारी दिए । भारतीय सीमा नाका जोडिएको सूर्योदय नगरपालिकाको पशुपतिनगर नाकाबाट भारतमा रहेका इलाम सहितका देशका बिभिन्न जिल्लाका नागरिक प्रवेश गरेका कारण सूर्योदय नगरपालिकामा बढी जोखिम रहेको थियो ।

कोरोना संक्रमण शुरु भए संगै नगरपालिकाले पशुपतिनगरमा क्वारेन्टाईन स्थापना गरी उक्त नाकाबाट प्रवेश गरेकालाई सेवा दिएको थियो । नगरपालिकाका कोभिड १९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले कर्मचारी ,जनप्रतिनिधि र स्थानीयको सहयोगले कोरोना नियन्त्रणमा राम्ररी काम गर्न सफल भएको बताए अधिकारीले कोरोनाको संक्रमण जारी रहेकाले आगामी दिनमा पनि सबैलाई सहयोग गर्न आग्रह गरे

सूर्योदय नगरपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा हाल सम्म ७ सय बढी बसेका छन भने २४ जना संक्रमित मध्ये २३ जना निको भई घर फर्किएका छन । अव नगरपालिकामा १ जना मात्र निको हुँन वाँकी रहेको अधिकारीले जानकारी दिए । जिल्लाका १० स्थानीय तह मध्ये सूर्योदय नगरपालिकाले सबै भन्दा पहिला आव २०७६÷७७ मा भएको खर्च समेत सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय