फिक्कलमा “अझै कति सहने?” अभियान संचालनःबलात्कारका घटनाविरुद्ध मौन प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःमुलुकका सातै प्रदेशमा संचालन भइरहेको“अझै कति सहने?”अभियान इलाममा पनि शुरु भएको छ । इलामको सूर्योदय नगरपालिकाका किशोरीहरुले जिल्लामा “अझै कति सहने?” अभियान संचालन गरेका छन् ।

देशमा बड्दो महिला हिंसा र बलात्कारका घटनाविरुद्ध सोमबार फिक्कल बजारमा किशोरीहरुले प्रदर्शन गरेका हुन् । बालिकामाथि हुने बालयौन दुव्र्यवहार, बलात्कार, जबरजस्तीकरणी तथा महिला हिंसा विरुद्ध प्रर्दशन गरिको हो ।

बलात्कारजस्तो जघन्य अपराध बन्द गर, बलात्कारीलाई सजाय दे र हिंसा अन्त्य गरि शान्तिपुर्ण समाजको निर्माण गर लगायतका प्लेकार्ड तथा ब्यानर बोकेर प्रर्दशन गरेका थिए । विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले मध्यान्न १२ बजेर १५ मिनेट देखि एक घण्टासम्म चोकबजारमा उभिएर मौन प्रदर्शन गरे ।

देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुले बताएका छन् । समाजमा भईरहेका यस्ता घटनाहरुप्रति प्रहरी प्रशासन र राज्य निकायलाई थप सशक्त्त बन्न आग्रह गरेका छन् ।

अपराधीलाई पहुँच र राजनैतिक संरक्षणको आधारमा उन्मुक्ति दिन नहुने भन्दै उनीहरुले माग समेत अघि सारेका छन् । प्रचलित मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा भएको जबरजस्ती अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको मितिले एक बर्षभित्रमा उजुरी नगरे उजुरी नलाग्ने व्यवस्थाको सरकारले अन्त्य गर्नुपर्ने माग उठ्दै आएको छ ।

यस्तै प्रचलित फौजदारी कसुर, २०७४ को दफा १७,क मा कम सजाय तोक्ने व्यवस्था रहेको हुँदा जबरजस्ती करणीको कसुर भए कम सजाय तोक्न नमिल्ने व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

विरोध प्रर्दशन गर्दै किशोरीहरुले जबरजस्ती करणी अन्तर्गतको कसुरमा समावेश भएका अनुसन्धान अधिकारी, सरकारी वकील अथवा अन्य अधिकार प्राप्त अधिकारीले प्रमाण नष्ट गरेमा वा लापरबाही गरेमा उनीहरुलाई समेत दण्ड सजायको व्यवस्था गरिनुपर्ने बताएका छन् ।

अभियानलाई सफल बनाउन किशोरीहरुले गरेको मौन प्रर्दशनमा पुरुषहरु र नागरिक चासोको समेत समर्थन सहितको सहभागिता थियो । देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको प्रदर्शनको अगुवाई गर्ने एलिसा गदालले बताइन् ।

पछिल्लो समय इलाम सहित देशैभर बलात्कारका घटना मौलाउँदै गएका छन् । कतिपय घटनाका दोषीलाई कारबाही नभएको भन्दै किशोरीहरुले “अझै कति सहने?” भनेर सरकारलाई प्रश्न गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय