निशानको शब्द र रचनाको आवाजमा “सम्बन्ध हाम्रो” सार्वजनिक(भिडियो सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोशन काफ्ले ,फिक्कलः कन्यामका युवा गायक सङ्गितकार तथा रचनाकार निसान सापकोटको रचनामा “सम्बन्ध हाम्रो” बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक गरिएको छ । नेपाल आईडल सिजन ३ को टप ८ बाट बाहिरिएकी अहिलेकि नेपालकि चर्चित गायिका रचना रिमालको स्वरमा आवाज भरिएको सापकोटाको गित कार्तिक २५ गते मंगलबार बजारमा आएको हो ।

गितमा स्वर रचना रिमाल, शब्द निशान सापकोटा ,तथा सङ्गीत अर्जुन कटुवालको रहेको छ। उक्त गित तथा म्युजिक भिडियो रचना रिमालको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । म्युजिक भिडियोमा कलाकारहरु आशिस चिमोरिया र मोहिमा प्रसाईं ले अभिनय गरेका छन ।

‘“उ जन्मेको उस्को देशमा” बोलको राष्ट्रिय गित गाएर संगित क्षेत्रमा प्रवेश गरेका उनले “सम्बन्ध हाम्रो” भन्दा अगाडि ‘फेरि भेट नहोला’ नामको कभर गित सार्बजनिक गरेका थिए। उनले अहिले सम्म ५ वटा गीत र कभर गाइसकेका छन ।

उनले रचना गरेका १० वटा र ८ वटामा आफैले संगित भरेका गित साथै आफैले डाइरेक्सन गरेको म्युजिक भिडियो समेत बजारमा आईसकेको छ । २० बर्षिय सापकोटा आधुनिक क्लासिकल गितमा रुचि राखेपनि अहिले कभर गित बढि गाउने गरेका छन् । उनको २ वटा कभर गीत समेत रहेको छ ।

पछिल्लो समय संगितमा निकै रमाईरहेका सापकोटाले गितमा नै बढि आफ्नो रुचि रहेको र आगामी दिनमा आफू गीत संगीतबाट नै आफुलाई नेपालसामु चिनाउन लागि पर्ने समेत बताए ।

“सम्बन्ध हाम्रो” गितमा शब्द भरेका निशान आफैले उक्त गितको मेल भर्जन चाडै गाउने र चाडैनै बजारमा ल्याउने बताएका छन । रचना रिमालको अफिसियल युटुब च्यानलबाट यो गित सुन्न अनि म्युजिक भिडियो हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय