इलामःयमपञ्चक सुरु भएसँगै घरघरमा कागको पुजा गरि यो पर्व मनाइन्छ । काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले इलाममा शुक्रबार काग सम्मेलन गरेका छन् । उनले बिश्व शान्तिको कामना सहित हालको महामारीमा सरकारले कोरोना भाइरस संक्रमित जनताको निशुल्क उपचार गर्नु पर्ने सहित इलाममा काग सम्मेलन गरेको बताए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष समेत रहेका दुलालले इलाममा काग सम्मेलन गरेका हुन् ।
बिभिन्न जनावार, चराचुरुंगी तथा बिभिन्न बाध्यबाधनको आवाज निकाल्न सक्ने खुबी भएका कलाकार दुलालले इलाम चोक बजार र बजार नजिकै रहेको माइस्थान मन्दिरमा कागको आवाज निकालेर काग सम्मेलन गरेका थिए ।
काग तिहारको अवसर पारेर १६ वर्ष देखी काठमाण्डौमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजनामा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष आफ्नै जिल्लामा काग सम्मेलन गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने इलाम नगरपालिका २ का रमेश दुलाल ‘कागे’ उपनामले समेत चिनिन्छन् । विगत १६ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसवर्ष पनि कागलाई बोलाएर काग तिहार मनाए ।
कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।
दुलालले कागलाई बोलाउने मात्र हैन आफ्नै आवाज मार्फत कागलाई धपाउने, बस्ने लगायतका क्रियाकलाप गर्न सकिने बताए ।
उनले इलाममा राष्ट्रिय लोक साँस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलामले काग सम्मेलनको आयोजनामा काग सम्मेलन गरेका हेन् । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराक सेडाइँ, इलामका प्रहरी प्रमुख नबिनराज राई, सञ्चारकर्मी तथा स्थानियको उपस्थिती रहेको थियो ।
दुलालले बिगतका वर्षहरुका काठमाण्डौका बिभिन्न स्थानमा काग सम्मेलन गर्दै काग तिहार मनाउँदै आएका थिए । दुलालले भारतले नाकाबन्दी गरेको समयमा भारतिय दुताबास परिसरमा काग सम्मेलन गरि बिरोध समेत जनाएका थिए ।