भोट दिएर “नेपाल स्टार” बनाइदिन इलामेली चेली समिक्षाको आग्रहः सांगीतिक क्षेत्रमा उदाउँदो प्रतिभा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल स्टारको उत्कृष्ट १४ मा पुग्न सफल भएकी इलामकी समिक्षा दाहालले भोट दिएर जिताउन आग्रह गरेकी छन् । नेपाल स्टारमा एकसय २० जना प्रतिष्पर्धीलाई पछि पार्दै उत्कृष्ट १४ मा पुग्न सफल भएकी सूर्योदय नगरपालिका–९ गैरीगाउँकी समिक्षाले अब प्रतिष्पर्धीहरुलाई भोटबाट मात्र जिताउन सकिने भएकाले आफूलाई धेरैभन्दा धेरै भोट गर्न सबैसंग आग्रह गरिन् । प्रतिष्पर्धीको उत्कृष्ट १८ बाट भोटिङ सिस्टम सुरु भइसकेकाले उनी १४ मा पर्न सफल भएकी छिन् ।

नेपाल स्टारमा सहभागि हुनुभन्दा अघि समिक्षाले एपिवान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको दुईवटा सिजनमा प्रतिष्पर्धा गरेकी थिइन् । उक्त आइडलमा समेत समिक्षा भोटिङ राउण्डसम्म पुगेर बाहिरिएकी थिइन् । तर यसपटक आफू नेपाल स्टारको बिजेता बन्न सक्षम रहेकोले आफूलाई भोट दिएर सहयोग गरिदिन आग्रह गरेकी हुन् । काठमाडौंबाट अडिसन दिएकी समिक्षा सानैदेखि गित संगितप्रति रुची राख्दथिन् ।

नाच्न धेरै मन पराउने समिक्षाको गित संगितप्रतिको मोह अध्ययनको सिलसिलामा काठमाडौं गएपछि मोडिएको हो । सांगीतिक क्षेत्रमा स्थापित भइसक्नु भएका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्दछिन् । कला भण्डारबाट संगित सिक्न थालेकी समिक्षाले नेपाल कमर्स क्याम्पसबाट स्नातक पास गरेकी छिन् ।

फिक्कलकै पञ्चकन्या माविबाट एसएलसी पास गरेकी समिक्षाले फिक्कल माविबाट प्लस टु गरेकी हुन् । नेपाल स्टारको फस्ट अडिसनमा उनले तिमिलाई कुनै पल भन्ने गित गाएर निर्णायकहरु रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोक श्री को मन जितेकी थिइन् । चार÷पाँचवटा राउण्ड पारेर भोटिङ राउण्डमा आइपुगेकी समिक्षाले आफूलाई भोट गर्नका लागि उनलाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गएर एन एस १२ टाइप गरी ३३००१ म पठाउन सुझाएकी छिन् ।

उनलाई एप्स मार्फत समेत भोटिङ गर्न सकिनेछ । आफनो मोबाइलमा एप डाउनलोड गरी नेपाल स्टारका प्रतिष्पर्धीहरुको सुचीमा गएर पनि भोट गर्न सकिने उनले आग्रह गरिन् । बाबु मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठि छोरीको रुपमा जन्मिएकी समिक्षाले आधुनिक, रक, पप सहित जुनै पनि बिधाका गितलाई आफनो गला मार्फत दर्शक र श्रोतालाई आकर्षण गर्ने क्षमता राख्दछिन् ।

इलामको सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी समिक्षालाई यतिखेर दर्शकको माया अनि भोट चाहिएको छ । समिक्षालाई भोट गरेर जिताउन हुन सम्पूर्ण इलामेली लाग्नुपर्ने गायक एवम संगीतकार समेत रहेका काका भूगोल दाहाल बताउछन् । गीत, संगित, कला संस्कृतिमा अब्बल इलामले पछिल्लो समयमा गीत संगितमा नयाँ नयाँ कलाकारलाई जन्माउँदै आएको छ । इलामको माटोमा जन्मिएर एक समय राष्ट्रिय स्तरमा एकछत्र राज गरेका कुबेर राई, यम बराल, जगदिश समाल, बलराम समाल, रोसन गुरुङ, डेनी निरौला, पुजन प्रधान, भूपेन्द्र राई, लेखु बिबस पछि भूगोल दाहाल, झुमा निरौला, महेन्द्र लिङदम लगायतका कलाकार सांगीतिक आकाशमा उदाएका छन् ।

यो पुस्तापछि अब समिक्षा दाहाल लगायतले इलामको नेतृत्व गर्दै नेपाली गित संगितमा नयाँ आयाम थप्ने देखिएको छ । यसरी हेर्दा इलामको सूर्योदय नगरपालिकाले सबैभन्दा धेरै कलाकार जन्माएको छ । सूर्योदय नगरपालिका सांगीतिक क्षेत्रको हब समेत बन्दै गएको छ ।लोकलसन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय