इलाम नगर क्षेत्रमा कोरोनाको उच्च जोखिमः बुधबारमात्र १५ जनामा संक्रमण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम,इलाम नगरपालिका कोरोनाको उच्च जोखिमा परेको छ । जिल्लाको सदरमुकाम समेत रहेको नगर क्षेत्रमा संक्रमितहरुको संख्या बढ्न थालेको हो । आज पनि इलाम नगरपालिकामा १५ जनामा संक्रमण देखिएको छ । २० जनाको परिक्षण गर्न पठाइएकोमा १५ जनामा संक्रमण देखिएको कोभिड फोकल पर्सन बिमल बरालले बताए । गत मंसिर १४ गते समेत इलाममा १८ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म नगर क्षेत्रबाट परिक्षणका लागि पठाइएको १ हजार ६ सय ६५ जना मध्ये ११७ जनामा संक्रमण देखि सकेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । २३ जनाको रिर्पोट आउन बाँकी छ । एक जनाको रि पोजेटिभ देखिएको छ । ७२ जना उपचारपछि फर्किएका छन् । जिल्लाको दोश्रो बढि संक्रमित देखिने क्षेत्रमा सूर्योदय नगरपालिका रहेको छ ।

सूर्योदयको हालसम्म १ हजार १ सय ७९ जनाको परिक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको छ । माई नगरपालिकामा ६ सय ३३ जनाको परिक्षणबाट ३२ जनामा संक्रमण देखिएको छ माईमा १४ जना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । चलाचुली गाउँपालिकामा ५४९ जनाको परिक्षण गर्दा २६ जनामा पोजेटिभ देखिएको छ ।

२४ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको रिर्पोट आउँन बाँकी रहेको छ । रोङ गाउँपालिकामा १ हजार ११ जनाको परिक्षण गर्दा ९ जनाको पोजेटिभ आएको छ । ८ जना उपचारपछि घर फर्किएका छन् । १ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकामा ८÷८ जनामा संक्रमण देखिएको छ । सन्दकपुर ३२५ जनाको परिक्षण गरिएको थियो । सबै संक्रमणमुक्त भएर सामान्य जिवनमा फर्किएका छन् । माईजोगमाईमा २३० जनाको परिक्षण गर्दा ६ जनाको रिर्पोट आउन बाँकी छ । ७ जना उपचारपछि सामान्य जिवनमा फर्किएका छन् ।

फाकफोकथुममा ३६७ जनाको परिक्षणबाट संक्रमण पाइएका ५ जना अहिले सामान्य जिवनमा फर्किएका छन् । ३९३ जनाको परिक्षणा गरिएको देउमाई नगरपालिकामा देखिएका ४ जना संक्रमित अहिले सामान्य अवस्थामा फर्किएका छन् । सबैभन्दा कम संक्रमित माङसेबुङ गाउँपालिका रहेको छ । माङसेबुङमा ११९ जनाको परिक्षणमा २ जना पोजेटिभ पाइएको थियो । उनीहरु अहिले संक्रमणलाई जितेर फर्किएका छन् । जिल्लाभरीमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।लोकलशन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय