जोखीम बड्यो,अत्यावश्यक स्वास्थ्य सेवा बाहेक भिडभाड नगरौँः फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रले अस्पतालभित्र भिडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सिकिस्त बिरामीबाहेक अन्यलाई स्वास्थ्य केन्द्र नआउन आग्रह गरिएको हो ।

सूचना जारी गर्दै फिक्कल स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमा संक्रमण भइसकेकाले अनावश्यक भिडभाड नगर्न आग्रह गरिएको डा सरोज दर्नालले बताउनुभएको छ । केही दिनयता इलाम जिल्लामा कारोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

गत मंसिर १७ गते मात्र इलाम अस्पतालले सूचना जारी गर्दै अस्पतालका स्वास्थ्यकर्मी, ल्याव कर्मचारी र प्रशासनका कर्मचारीमा संक्रमण भइसकेकाले अनावश्यक भिडभाड नगर्न आग्रह गरेको थियो ।

इलाम जिल्लाका विभिन्न पालिकामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्लोपटक इलाम नगरपालिका कोरोना संक्रमणको उच्च जोखिमा परेको छ भने सूर्योदय नगरपालिका भित्र पनि संक्रमितको संख्या तिव्र गतिमा फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय